धनगढी – दार्चुलामा भदौ २४ गते रातिको बाढीका कारण दुहु र ब्यास जोड्ने बाटो बन्द भएको छ।
सदरमुकामलाई जोड्ने बाटो लास्कु खोलाको पुल बाढीले बगाएपछि पाँच दिनदेखि आवतजावत ठप्प भएको हो। वर्सात सुरु भएदेखि नै जिल्लाका दुई गाउँपालिका ब्यास र दुहुमा यातायात अवरुद्ध छ।
लास्कु खोलाको बाढीले अहिले आवतजावत पूर्णरुपमा ठप्प रहेको स्थानीयले बताएका छन्। लास्कु खोलाको झोलुंगे पुल बाढीले बगाएपछि सदरमुकामसित दुहु र ब्यासको सम्बन्ध टुटेको दुहु गाउँपालिका २ का धनराज जोशीले बताए।
लास्कुमा काठेपुल राखेर सदरमुकाम आवतजावतको प्रयास गरिए पनि खोलामा पानीको सतह नघटेकोले समस्या भइरहेको महाकाली नगरपालिकाले जनाएको छ।
महाकाली नगरपालिका १ को कलौन, श्रीबगर बस्तीसँगै दुहु र ब्यास गाउँपालिकाका सबै बस्तीहरु सम्पर्कबाहिर छन्।
Facebook Comments Box