दार्चुला – जिल्ला सदरमुकाममा रहेको खलंगा बजारको अनुगमन सुरु गरिएको छ । चाडपर्व लक्षित गरेर जिल्ला सदरमुकाममा रहेको होटेल,खाद्यन्न पसल लगायत होलसेल पसलहरुको अनगुमन गर्न लागिएको हो ।
जिल्ला स्तरिय बजार अनुगमन समितिले बसपार्क देखि महेन्द्र नमुना माध्यमिक विद्यालय सम्म रहेका होटेल, नास्ता र मिष्ठान पसल र दैनिक उपभोग्य पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा अधिकांस पसलहरुबाट म्याद नाघेका अखाद्य वस्तु भेटीएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभएको छ ।त्यस्तै केहि पसलहरुले मुल्यसुचि नराखेको र अद्यावधिक समेत नगरेको भेट्टिएको छ ।
होटेल, दैनिक उपभोग्य खाद्यवस्तुका पसल, मिष्ठान पसल र नास्ता पसल गरि १५ पसलमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी साउँदले बताए ।
अखाद्य वस्तु र म्याद नाघेका सामाग्री भेट्टिएका विभिन्न पसल संचालकहरुलाई १ हजार देखि ३ हजार सम्म जारिवाना गरिएको छ । जारिवानाबाट आज २४ हजार रकम संकलन भएको छ । आज विहान ८ बजेदेखि १० बजेसम्म बजार अनुगमन गरीएको हो ।