काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।डेङ्गी रोगबाट संक्रमित भएर ललितपुरको किष्ट अस्पतालमा उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू मंगलबार अस्पताल पुगेको उनले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्,’उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको सुन्दा खुसी लाग्यो । आदरणीय जोशी ज्यूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’ जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अस्पतालमै पुगेका थिए ।
Facebook Comments Box