काठमाडौं – धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई डेङ्गु संक्रमण पुष्टि भएको छ। कैलालीमा डेङ्गुको संक्रमण फैलिएका बेला नगर प्रमुख हमाललाई पनि संक्रमण देखिएको हो। नगर प्रमुख हमालको नीजि सचिवालयका अनुसार उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो।
नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेशबुक मार्फत डेङ्गु संक्रमण पुष्टि भएकाले उप–महानगरपालिकाको काम प्रभावित हुने बताएका छन्। चिकित्सकको सल्लाह बमोजिम उपचार र आराम गर्ने उनले बताएका छन्। नगरवासीलाई पनि संक्रमणबाट जोगिन नगर प्रमुह हमालले आग्रह गरेका छन्।
Facebook Comments Box