काठमाडौं – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विभागीय टोलि एपीएफ क्लबले जितेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो ।
पेनाल्टीमा एपीएफका लागि नबिन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणि कुमार लामाले गोल गरे । आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, बिबेक बस्नेत र विकास खवासले गोल गरे ।
७९ अौं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । एपिएफका प्रदीप लामा र आर्मीका पदम तामाङबीच धक्कामुक्की हुँदा रेफ्री नविन्द्र महर्जनले दुवैलाई रातो कार्ड दिए ।
Facebook Comments Box