कैलालीमा जंगली हात्तीको बथानले धानबालीमा नोक्सानी पुर्याएको छ। जिल्लाको गौरीगंगा नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा आएका १० ओटा हात्तीले धानबालीमा नोक्सानी पुरयाएका हुन्।
बिहीबार बिहान आएको हात्तीको बथानले किसानले काटेर सुकाउन राखेको धाबाली खाई क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हात्तीले गौरीगंगा १ बस्ने डमादेवी खनालको १० कट्टामा लागाएको धानबाली खाएको बताइएको छ।त्यस्तै, गौरीगंगा-३ बस्ने डम्मर सिंगालको ५ कट्टामा लागाएको धानबाली र वडा नम्बर ४ बस्ने मंगल चौधरीको ३ कट्टामा लगाएको धानबाली खाएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मानवीय क्षति भएको छैन। स्थानीय र प्रहरीको सहयोगमा हात्तीको बथानलाई जंगलतर्फ भगाइएको छ।
Facebook Comments Box