कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका-११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका-२ मिलन चोकका २२ वर्षीय सुदीप धामी रहेका छन्। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१ ००९ प ९९५१ नम्बरको मोटरसाइकलमा जाँच गर्दा उनीहरुलाई उक्त लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।
Facebook Comments Box