कञ्चनपुर – कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा सर्पदंश उपचार सेवा शुचारु भएको छ । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा औपचारिक रुपमा सर्पदंश उपचार सेवा शुचारु भएको हो ।
आइतबार एक कार्यक्रमका विच बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना र उपप्रमुख शान्ति नाथले संयुक्त रुपमा सर्पदङ उपचार सेवाको उद्घाटन गरेका छन ।
बेलडाँडी कुनैपनि मानिसलाई सर्पले डसेपछि मानिस मृत्युको मुखमा जानुपर्ने बाध्यता थियो । अब बेलडाँडीमै सर्पदंश उपचार सेवा शुचारु भएपछि मानिस मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता हट्ने छ ।
सर्पदंश उपचार सेवाको उद्घाटन गर्दै बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले जुनसुकै सर्पले डसेका बिरामी आएपछि प्रभावकारी उपचार गर्न गराउनु निर्देशन दिए।
गाँउ उपप्रमुख शान्ति नाथले आफुले उठाउँदै आएको विषय अहिले आएर साकार भएको बताईन । ‘मैले हिजोका दिनमा जनप्रतिनिधी नहुँदा पनि उठाउँदै आएको विषय अहिले जनप्रतिनिधी भएपछि सकार पुरा भएको छ, ‘उनले भनिन, ‘जनप्रतिनिधी भएको ६ महिनामै एउटा उपना पुरा भएको छ ।’ सेवा शुचारुसंगै प्रभावकारी रुपमा सेवा प्रदान गर्नुपर्नेमा जोडदिईएको छ ।