काठमाडौँ – केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई दिइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई आइतबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेकाले उनको उनुपस्थीतीमा कार्कीलाई जिम्मेवारी दिइएको हो ।
परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘फ्रेन्ड्स अफ कोरिया’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रहरी नायव महानिरीक्षक राई त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राईको अनुपस्थितिमा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिनेछ ।
Facebook Comments Box