कैलाली- कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा १ मा गठबन्धनका उम्मेदवार दीर्घबहादुर सोडारी र प्रदेश सभा २ मा गठबन्धनकै उम्मेदवार प्रकाश बमले अग्रता लिएका छन्।
प्रदेश सभा १ को २४३२५ मत गणना हुँदा गठबन्धनका उम्मेदवार दीर्घबहादुर सोडारीले १०५०७ मत ल्याएका छन्। उनका प्रतिद्धन्दी भीमबहादुर देउवाले ७६७७ मत ल्याएका छन्। नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार राजेन्द्र देवकोटाले ३३४० मत पाएका छन्। त्यस्तै २२९७७ मत सदर र १३४८ मत बदर भएका छन्।
प्रदेश सभा २ मा १७८३८ मत गणना हुँदा गठबन्धनका उम्मेदवार प्रकाश बमले ७०३० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरिसिँह साउँदले ६७९२ मत ल्याएका छन्। मत गणनाको सुरुवातमा भने एमालेका साउँद अगाडि थिए। अहिलेसम्म गणना भएका मतमध्ये १६९४० मत सदर भएका छन्।
Facebook Comments Box