कञ्चनपुर- प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउँद ३०६६ मतको अन्तरले अगाडि छन्। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार साउँद एमालेका उम्मेदवार नरबहादुर धामी भन्दा ३०६६ मतले अगाडि गएका हुन्। प्रतिनिधि सभा सदस्यको ३५३८१ मत गणना गर्दा साउँदको १५४०९ मत छ। धामीको १२३४३ मत छ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ९१० मा एमालेका उम्मेदवार अगाडि छन्। उक्त निर्वाचन क्षेत्रमा २५६९५ मत गणना गर्दा एमालेका उम्मेदवार बचनबहादुर सिँले ७९५५ मत ल्याएका छन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाटले ७८४३ मत ल्याएका छन। नागरिक उन्मुक्ति पार्टीका गीता चौधरीले ४२४८ मत पाएकी छिन्।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ९२० मा २२६४६ मत गणना सकिएको छ। उक्त क्षेत्रमा काँग्रेसका उम्मेदवार बहादुर सिँ थापा अगाडि छन्। उनले ७६६४ मत पाएका छन्। एमालेका उम्मेदवार कृपाराम रानाले ६६६५ मत पाएका छन्। एकीकृत समाजवादीका उम्मेदवार लालबहादुर खड्काको ३३०३ मत छ।