दार्चुला – दार्चुलामा प्रतिनिधिसभामा तर्फ १ हजार ९४० मत बदर भएको पाइएको छ ।
मङ्सिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रामा मत बदर भएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन कार्यालय दार्चुलाका अनुसार प्रतिनिधि सभातर्फ ५७ हजार ६६३ मत खसेको थियो ।
जसमध्ये १ हजार (४) मत बदर हुँदा ५५ हजार ७२३ मत मात्रै सदर भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी चित्र प्रकाश जोशीले जानकारी दिए । एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको दार्चुलामा प्रतिनिधि सभातर्फको १हजार (४) मत बदर भएको छ । यस्तै प्रदेश सभा (क) तर्फ ३१हजार ५४२ मत खसेको थियो ।
जसमध्ये एक हजार १३४मत बदर भएको छ । ३० हजार ४०८ मत सदर भएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । यस्तै प्रदेश सभा (ख) तर्फ ७५५ मत बदर भएको छ । कुल २६ हजार २७२ मतमध्ये २५ हजार ५१७ मत सदर भएको छ ।
दार्चुलामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू २८ हजार ५१५ मत ल्याउँदै निर्वार्चित भएका छन । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका पालिटव्युरो सदस्य गणेशसिह ठगुन्नाले २६ हजार ३ सय ८१ मत पाएका थिए । यस्तै प्रदेश सभा (क) मा पनि नेपाली कांग्रेस महासमिति सदस्य तथा गठबन्धनका साझा उम्मेदवार बिक्रम सिंह धामी विजयी हुनु भएको छ ।
प्रदेशसभा क्षेत्र नम्बर १ अन्तरगत पर्ने ब्याँस, दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाबाट कुल खसेको ३१ हजार ५४२ मत मध्ये १५ हजार १२७ मत प्राप्त गर्दै नेपाली कांग्रेसबाट धामी विजयी हुनु भएको थियो भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरदेव जोशीले १३ हजार ४ सय ५१ मत ल्याएका थिए ।
यस्तै, प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का मान बहादुर धामी सन्तोष १३ हजार १७१ मत प्राप्त गर्दै बिजयी हुदा नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले ११ हजार ८ सय ५६ मत पाएका हुन् ।
निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको संख्या बढेको उम्मेदवारहरुको गुनासो छ । समानुपाति तर्फको मतणना हुदा प्रतिनिधि सभातर्फ ९५२ र प्रदेश सभा निर्वाचन समानुपातिक तर्फ २ हजार ५१८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताए ।