काठमाडौँ – खेलकुदको सन्दर्भमा आयोजना हुने सबैभन्दा महंगो प्रतियोगिता फिफा विश्वकप हो । यस वर्ष कतारमा विश्वकप आयोजना हुँदैछ र लिगले विजयीलाई दिने रकममा पनि अघिल्लो वर्षको तुलनामा ४४ मिलियन डलरले बढाइएको छ। यसले कतारले वास्तवमा फुटबलको सबैभन्दा महंगो प्रतियोगिता कसरी आयोजना गरिरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ।
खेलाडीहरूसँगै मैदानमा डटिरहने रेफ्रीका लागि फिफाले यसपटक अघिल्लो विश्वकपको तुलनामा पारिश्रमिकमा व्यापक वृद्धि गरेको छ। रेफ्री र एसोसिएट्सको तलब उनीहरूले खेल्ने भूमिकामा निर्भर गर्दछ।
फुटबल पहिले फिल्ड र सहायक रेफ्रीहरूको उपस्थितिमा खेलिन्थ्यो भने पछिल्लो दुई संस्करणमा भिडियो सहायक रेफ्री ९भीएआर०ले पनि निर्णय लिने प्रक्रिया थपिएको छ ।
यसका साथै फिफाले यसपटक महिला म्याच रेफ्रीहरूलाई खेल सञ्चालनका लागि समावेश गरेका छन्। विश्वका विभिन्न संघसंस्थाका लिग खेलहरूमा महिला रेफ्रीहरूको प्रदर्शनको नजिकबाट निगरानी राखेको फिफाले यसपटक हरेक खेलमा ३ महिला फिल्ड म्याच रेफ्री र ३ महिला सहायक रेफ्री समावेश गरेको हो ।
फिफा विश्वकपमा कुल ३६ फिल्ड रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो असिस्टेन्ट रेफ्री हुनेछन्। उनीहरुले सबै चरणमा जम्मा ६४ खेल खेलाउनेछन् ।
फिफाले प्रत्येक खेलको पारिश्रमिक राउन्ड वा प्रतियोगिताको भागको आधारमा तय गरेको छ। यसले लिग खेलहरू र नक–आउट खेलहरूका लागि फरक–फरक बनाएको छ । समूह चरणका खेलमा म्याच रेफ्री र भिडियो सहायक रेफ्रीले समान ३ हजार डलर पाउँदा सहायक रेफ्री र फोर्थ अफिसियल्सलाई २५ सय डलर दिइन्छ।
नकआउट चरणका खेल र फाइनल खेलमा म्याच रेफ्रीलाई १० हजार डलर उपलब्ध गराउँदा भिडियो सहायक रेफ्री, सहायक रेफ्री र फोर्थ अफिसियल्सलाई ५ हजार डलर पारिश्रमिक दिइन्छ।