काठमाडौँ – ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रमुख एवम् प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका छन् । राई आफ्नै घर सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ बासामा मृत भेटिएका हुन् ।
ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा थिए । हिजो (सोमवार) बेलुका साथीभाइसँग रमाइलोका साथ खानपिन गरेर सुतेका राई आज (मङ्गलवार) बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।
सोमवार बेलुका राम्रैसँग खाना सुतेको तर मङ्गलवार बिहान मृत भेटिएको परिवारले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरीले जनाएको छ ।
Facebook Comments Box