एजेन्सी – मलेसियाको राजधानी क्वालालम्पुर नजिक शुक्रबार बिहान पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
यस घटनामा अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस अझै बेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी कार्य जारी छ ।
मलेसियाको फायर डिपार्टमेन्टका अनुसार घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर बिहान करिब ३ बजे भएको हो । सडक छेउमा रहेको अर्गानिक फार्म दुर्घटनाको चपेटामा परेको छ । यो फार्मले मानिसहरूलाई यहाँ क्याम्पिङ गरेर बस्ने सुविधा दिन्छ ।
करिब १०० फिट उचाइबाट यो क्याम्पमा भग्नावशेष खसेको र करिब एक एकड क्षेत्रफलमा फैलिएको दमकल विभागका निर्देशकले बताए । यस पहिरोमा ९२ जना फसेका थिए जसमध्ये ५३ जनाको सकुशल उद्धार गरिएको छ ।
Facebook Comments Box