धनगढी– सुदूरपश्चिमबाट डा.प्रमोद जोशीसहित नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा चारले उम्मेदवारी दर्ता गराएका छन्। संघका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएकोमा प्रदेशबाट एकै पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
संघको उपाध्यक्ष (सुदूरपश्चिम) तर्फ प्रजातान्त्रिकतर्फबाट डाक्टर प्रशान्त भट्ट, प्रगतिशीलतर्फबाट डाक्टर निरज अर्याल र स्वतन्त्रतर्फबाट डा. प्रवीणकुमार गिरीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै संघको कोषाध्यक्ष पदमा प्रजातान्त्रिक प्यानलबाट डाक्टर प्रमोद जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।
डाक्टर जोशी यस अघि केन्द्रीय सदस्यमा निर्वाचित भईसकेका छन्। अब उनी संघको केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष पदको दौडमा रहेका छन्। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुने संघले जनाएको छ।
Facebook Comments Box