काठमाडौं – विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण समेत गरेको छ ।
पार्टी निर्माणको विभिन्न चरणमा भूमिका परिवर्तन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निःशर्त महाधिवेशनमा समेट्ने जनाएको छ ।
Facebook Comments Box