फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई हराएको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० ले हराएको हो ।
खेलको पाँचौं मिनेटमा हुगो एकिटिकेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि ७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर पुछारमा छ ।
Facebook Comments Box