काठमाडौँ — बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरूणकुमार चाैधरीलाई धनगढी ल्याइएकाे छ । चाैधरीलाई श्रीएयरलाइन्सकाे विमान मार्फत धनगढी ल्याइएकाे हाे । चाैधरीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिने भएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जाेशीले चाैधरीलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिने जानकारी दिए । डीएसपी जाेशीले उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने बताए । १३ वर्ष अघिको आगजनीकाे मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएकाे थियाे । बिहीबार अपराध अनुसन्धान महाशाखाकाे टाेलीले काेहलपुरबाट पक्राउ गरेकाे थियाे ।
बाँकेबाट श्रीएयरलाइन्सकाे विमानबाट काठमाडौं लगिएकाे थियाे । चाैधरी पक्राउ परेकाे विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बाैनियामा प्रदर्शन गरेकाे थियाे भने भाेलि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएकाे छ ।