धनगढी: कृष्णपुर नगरपालिकाको आयोजना र नगर खेलकुद समितिको प्राविधिक सहयोगमा नगरपालिका स्तरीय १३औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। बुधबार कृष्णपुर नगरपालिका वडा न ४ मा रहेको कृष्ण मावि मौवाफाँटाको खेलमैदान एक समारोहकाबिच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे।
राष्ट्रपति रनिङ सिल्डको उद्घाटनपश्चात प्रदेश प्रमुख जोशीले खेलले खेलाडीलाई मात्र नभइ देशलाई समेत चिनाउने भएकोले सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। त्यस्तै उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख हेमराज ओझाले पनि कृष्णपुर नगरपालिकाले शिक्षा,स्वास्थ्य सँगसँगै खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकता राखेर काम गरिरहेको बताए। उनले एक वडा एक खेल मैदानको अवधारणा अनुरुप आफू अगाडि बढिरहेको र एउटा नगरस्तरीय राम्रो प्रतियोगिता आयोजना गर्न मिनि कबर्ड हल निर्माण गर्ने योजनामा समेत रहेको बताए।