काठमाडौं – भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौंदेखि दिल्ली जान लागेका एक जना १७ हजार पाउन्डसहित (करिब २८ लाख रुपैयाँ) पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको ह्यान्ड ब्यागेज क्षेत्रबाट ब्रिटिस नागरिक प्रबिनसिंह बडुलाई पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ। उनीसँगै रामेछापका हितबहादुर खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
थप अनुसन्धानका लागि दुवै जनालाई महानगरीय प्रहरी वृत्त गौशलामा पठाइएको छ। ब्रिटिस नागरिक बडुले उक्त रकमको प्रयोजनबारे विस्तृत विवरण खुलाउन नसकेको प्रहरीको भनाइ छ।
‘सोधपुछ गर्दा उहाँले रकमको प्रयोजनबारे बताउन सक्नुभएन। ठूलो मात्रामा विदेशी रकम लैजाँदा पासपोर्टमा समेत उल्लेख नभएको देखियो,’ प्रहरीले स्रोतले भन्यो।
Facebook Comments Box