काठमाडौँ – सुर्खेतको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईजनामध्ये एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीले शव आज फेला पारेको हो ।
बिहीबार (हिजो) डोल्पाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ वर्षीय मकर रोकाय र २१ वर्षीय बीबी रोकाय नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
सोबारे जानकारी पाएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले बीबी रोकायको शव फेला पारेको हो ।
अर्का एक जनाको खोजी कार्य भइरहेको छ ।
Facebook Comments Box