काठमाडौं — ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारी घाइते भएका छन् ।
भण्डारीको बुद्धनगरस्थित निवासमा बुधबार राति १० बजेतिर ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनका सहयोगी भुवन भुसालले जनाए । भुसालका अनुसार अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । ‘अहिले आईसीयूमा हुनुहुन्छ । डाक्टरको टिमले उपचार गर्दै छ । सांसदज्यूको शरिरको २५ प्रतिशत भाग जलेको जानकारी पाएका छौँ । आमाको ७० प्रतिशतभन्दा धेरै जलेको छ ।
बाँकी आज बिहान थाहा होला,’ भुसालले भने । भुसालसहित आफन्तहरू अस्पतालमै छन् । भुसालका अनुसार ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ । बुधबार राति नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एनपी साउँदसहितका नेताहरू अस्पताल पुगेका थिए ।
Facebook Comments Box