काठमाडौं – जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तुर्माखाँद गाउँपालिकाको कालिकेश्वरी माविमा भोली ( बुधवार ) देखी संचालन हुने भएको छ ।
तुर्माखाँद गाउँपालिका – ४ का वडा अध्यक्ष पदम बहादुर बि.सी.ले यस वर्षको जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तुर्माखाँद गाउँपालिकाको कालिकेश्वरी माविमा हुने बताए ।
प्रतियोगीतालाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ भने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका टिमहरूले सहभागिता जनाउने छन् ।
फागुन १० गतेबाट सुरु हुने १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ। कार्यक्रमको उद्घाटन पूर्व उप प्रधान तथा रक्षा मन्त्री नेकपा एमालेका नेता डा.भीम रावलले गर्ने छन् ।
Facebook Comments Box