काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने यात्रा प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । यसअघि, बलात्कार मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले सन्दीपमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । यस्तै, २० लाख रुपैयाँ धरौटी सुनाएको थियो ।
यही आदेश पुनरावलोकन गर्न भन्दै लामिछाने आज सर्वोच्च पुगेका हुन् । उनको निवेदनमाथि शुक्रबार सुनुवाइ हुने छ ।
नेपालमा भर्खरै सम्पन्न भएको त्रिदेशीय क्रिकेट सिरिजमा नेपाली टोलीबाट खेलेका उनी संयुक्त अरब इमिरेट्स ९युएई० भ्रमणमा जान पाउने छैनन् । यही प्रतिबन्ध फुकुवा गर्न माग गर्दै लामिछाने अदालत पुगेका हुन् ।
गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायधीसद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । यस्तै, उक्त आदेशमार्फत उच्चले विदेश यात्रामा समेत प्रतिबन्ध लगाएको थियो ।
नेपालले यही फेब्रुअरी २७ देखि युएईमा त्रिदेशीय सिरिज खेल्ने छ । आइसिसी विश्वकप लिग(टू अन्तर्गत नेपालले युएईमा ४ खेल खेल्ने तालिका छ । नेपालमा भर्खरै सम्पन्न त्रिदेशीय सिरिजमा नेपाललाई उपाधि दिलाउने क्रममा ४ खेलबाट १३ विकेट लिएका थिए । उनले सुरुका ३ खेलमा समान ३र३ विकेट र अन्तिम खेलमा ४ विकेट लिएका थिए ।
नेपालले युएई भ्रमणका क्रममा आयोजक युएई र पपुवा न्यू गिनी (पीएनजी)सँग समान २र२ खेल खेल्नेछ । यसका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज बिहीबार १५ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरिसकेको छ ।