खोटाङ – खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले आग्रह–पुर्वाग्रहले जिल्लाको विकास नहुने बताएका छन् ।
शनिबार खोटाङ उद्योग बाणिज्य संघको २५ औं साधारणसभा तथा ११ औं जिल्ला अधिबेसनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य राईले आग्रह–पुर्वाग्रह त्यागेर खोटाङ बनाउन लागि पर्न आग्रह गरे । ‘आग्रह–पुर्वाग्रह राखियो भने विकास सम्भव छैन,’ प्रतिनिधिसभा सदस्य राईले भने, ‘खोटाङ बनाउन लागौं । खोटाङ अघि बढे मात्र हामी अघि बढ्न सक्छौँ ।’
प्रतिनिधिसभा सदस्य राईले वार्षिक १५ करोडको निर्यात हुँदा २५ करोडको आयत हुनु जिल्लाका लागि राम्रो संकेत नभएको उल्लेख गरेका छन् ।
Facebook Comments Box