धनगढी: कञ्चनपुरमा बालिकामाथि जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका अनाथालयका प्रमुखलाई कारागार चलान गरिएको छ ।
भिमदत्त नगरपालिका–४ को समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । अनाथालयका आश्रीत नाबालिकालाई विगत एकदेखि अन्य बालबालिकाहरु विद्यालय गएको बेला कार्यालयमा बोलाएर जबजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका चन्दलाई थुनछेक बहसपछि जिल्ला अदालतले कारागार चलान गर्न आदेश दिएको थियो ।
सोहीअनुसार उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डांगीले जानकारी दिए । उनकाअनुसार चन्दलाई बालयौन दुरुपयोग कसुरम ५० हजार रुपैयाँ धरौटी माग समेत गरिएको छ भने जबरजस्ती करणी र गर्भपतन कसुर मुद्धामा पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
चन्दले अनाथालयमा आश्रीत नाबालिकालाई औषधी खुवाएर गर्भपतन गराएपछि उनले विवगतदेखि जबरजस्तीकरणी गर्दै आएको खुलेको थियो । कञ्चनपुर प्रहरीले घटनाबारे थाहा पाएपछि गत १७ माघमा उनलाई अनाथालयलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।