धनगढी: उकेरा नामक अनलाइनमा कार्यरत एक महिला पत्रकारले आफूमाथि सम्पादकले हिंसा गरेको आरोप लगाएकी छन्। उकेराका सम्पादक केपी ढुङ्गानाले आफूलाई पटकपटक दुव्र्यवहार गरेको पत्रकार सुश्मा तिमल्सिनाले आरोप लगाएकी हुन्।
उनले सामाजिक संजालमा आफूमाथि मिडिया हाउसमै र कार्यरत रहदा सम्पादक ढुंगानाले गरेको व्यवहारको बेलीविस्तार लेखेकी छन्।
यस्तो छ उनको स्टाटस
उकेरा डट.कममा काम गर्दाको मेरो सुरुवाति केही दिनहरू सामान्य नै थियो। तर बीचबीचमा धेरै समस्याहरू आए। जसले गर्दा मैले धेरै पटक काम छोड्ने निर्णय गरेपनि आज भने फाइनल निर्णय लिएकी छु। उकेरा डट.कमको प्रधान सम्पादक केपी ढुङ्गाना। उहाँले मलाई मिटिङमा मेरो व्यक्तिगत कुराहरू जोडेर डाेमिनेट गर्ने प्रयास गर्नु भएको छ र मलाई जागिर बाट निकाल्ने धम्की पनि दिनु भएको छ।
मेरो कम बोल्ने स्वभाव, कम घुलमिल हुने स्वभाव, मसँग भावना हुनु, संवेदनशीलता हुनु र मेरो साहित्यप्रतिको झुकाव हुनु उहाँको लागि म पत्रकारितामा काम गर्न नसक्ने अवगुणहरू हुने गर्थे। जसले गर्दा उहाँले सामुहिक रूपमा मलाई धेरै पटक बेइज्जत गर्ने प्रयास गर्नु भएको छ। यसको मसँग केही प्रमाणहरू सुरक्षित छन्। भर्खरै एक हप्ता अघि मात्र पनि म सम्पादकको एक मेसेजले विक्षिप्त भएकी थिएँ। हुन त उहाँको मेसेजले म धेरै पटक विक्षिप्त भएकी छु। त्यसैको कारण मैले उहाँलाई आफूले काम छाड्ने र आफू कानुनी प्रक्रियामा जाने निर्णय सुनाउँदा उहाँले उकेराको सम्पादकले लेडिज स्टाफ माथी यस्तो गर्यो भन्ने हल्ला हुन्छ। म तिमीलाई काम सिकाउँछु र प्रर्फेक्ट बनाउँछु भन्ने आश्वासन दिनुभएको थियो।
मैले फेरि काम जोइन गर्दा पनि यो प्रक्रिया रोकिएन। सुधार यत्ति भयो कि उहाँले मलाई बहिनी भन्न थाल्नु भयो र उहाँले मसँग एक शुभेच्छुकको नाता जाेड्नु भयो। काम गरेको समयमा पैसा नदिने त छँदै छ। काम गर्न खोज्दा, सिक्न खोज्दा पनि बेला-बेला मलाई कमजोर बनाउने मेसेजहरू आई रहने र प्रसनल्ली कुरा गर्दा फेरी राम्रो रेस्पोन्स दिने तर फेरी ‘तँँ लेखन र मानसिक रूपमा कमजोर छस्, तैले केही गर्न सक्दिनस्’ जस्तो व्यवहार देखाउने सम्पादक ज्यूकाे व्यवहारले मैले जागिर छोड्नु भन्दा बढी आफू मानसिक रूपमा हेपिएकोमा दुःखी महसुस गरेकी छु। मान्छेले अपमान एकपटक सहन्छ। दुईपटक सहन्छ तर पटक-पटक सहन सक्दैन। अहिलेलाई यत्ति। आवश्यक पर्यो भने थप लेख्नेछु।