काठमाडौँ – निर्वाचन अधिकृतको कार्यालयले नेपाली काँग्रेससँग लिखित जवाफ मागेको छ ।
उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा काँग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्णय सार्वजनिक गरेपछि कार्यालयले जवाफ मागेको हो ।
कार्यालयमा सो सम्बन्धी उजुरी परेका कारण लिखित जवाफ मागिएको आयोगले जनाएको छ ।

Facebook Comments Box