काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
Facebook Comments Box