काठमाडौँ – १४ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)सहित गृहका २५ जना अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले अतिरिक्त समूहमा रहेकालगायत अन्य १४ सहसचिव र अन्य उपसचिवहरूलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायहरूमा खटन पटन गरेको हो ।
मन्त्रालयले अतिरिक्तमा रहेका ११ जना सहसचिवहरूको पदस्थापन र तीन जनाको सरुवा गरेको छ भने ११ जना सहसचिवहरूको सरुवा विभिन्न निकायहरुपमा सरुवा गरेको छ । सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ ।
यस्तै सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ ।
त्यस्तै, मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर रामकृष्ण अधिकारीलाई लमजुङ, जय कुमार घिमिरेलाई जुम्ला, प्रेम प्रसाद आचार्यलाई पर्वत, कोमल प्रसाद धमलालाई दोलखा, वेद प्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्युठान र राम कुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ भने थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटाकी लीला कुमारी के.सी.पाण्डेलाई पाँचथरको सप्रजिअ(काज एनडीआरआरएमए), दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रमुख जिल्ला अधिकारी, रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्दै काजमा एनडीआरआरएमा काज राखिएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई सहायक प्रमुख जिल्ला अधिकारी दोलखा, पर्वतका प्रजिअ चित्रांगत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेश प्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रमुख जिल्ला अधिकारी र प्युठानका प्रजिअ वेद प्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः कृष्ण चन्द्र पौडेल, मुकेश कुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्युठान, धनुषा र धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाएको छ ।