काठमाडौँ- आज सेयरबजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा कायम हुन पुगेको हो। आज सेयरबजारमा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । हिजो नेप्से २६.८७ अंकले घटेर १ हजार ८ सय ८८.२७ विन्दु कायम भएको थियो।
आज नेप्सेमा १ अर्ब ३८ कारेड २७ लाख ६७ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १६७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज हिमालयन डिस्टीलेरीको कारोबार अब्बल रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७० अंकले उकालो लाग्दा आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर माई, एशियन हाईड्रोपावर र कालिन्चोक दर्शनको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, अजोड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, आरएमडिसी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, एनआरएन र बेष्ट फाइनान्सको सेयर उकालो लागेको हो।
सर्वाधिक हिमालयन डिष्टिलरीको ५ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज ३ प्रतिशतले बढेसँगै सर्वाधिक कारोबार हुन पुगेको हो । त्यस्तै, यता जीवन विकास लघुवित्तको ४ करोड ७० लाख, नबिल बैंकको ४ करोड ४ लाख, एनआइसी एशिया बैंकको ३ करोड ९५ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।