कैलाली । कैलालीको टीकापुर स्थित टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ ।
अध्यक्षमा नेविसंघका नृप थापासहित सम्पूर्ण प्यानल विजयी भएको हो । थापा ४७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाए ।
नागरिक विद्यार्थी समाजबाट भीमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भूपेन्द्र रावलले २३३ मत पाएका थिए । सचिवमा मनिराज भाट ५१० ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २८७ मत पाए ।
कोषाध्यक्षमा अनिता डंगौंरा थारु ४७४ मत ल्याएर विजयी भए । सदस्यमा नेविसंघकै कुलराज भाट, निशा शाह, प्रदीप कुमार चौधरी, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिए ।
१६ सय १२ विद्यार्थी मतदाता रहेको टीकापुर बहुमुखी क्याम्पसमा हिजो भएको मतदानमा १३ सय ४३ मत खसेको थियो ।