धनगढी: कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ बस्ने अश्वानी शर्मालाई मंगलबार अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुुर चन्द नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा शर्मालाई २०५८ सालमा एक महिना कैद र ३ सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोही बेलादेखि फरार रहेका शर्मालाई प्रहरी २१ वर्षपछि भेटाउन सफल भएको हो ।
Facebook Comments Box