काठमाडौँ – आज बिहिबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ८.२८ अंकले घटेको छ । आज नेप्से ८.२८ अंकले घटेर १ हजार ८ सय ६६.७७ को विन्दुमा कायम हुन पुगेको हो। हिजो बुधबार नेप्से ८.३९ अंकले बढेको थियो। आज नेप्से ८.३९ अंकले बढेर १८७५.०७ को विन्दुमा कायम हुन पुगेको थियो।
आज नेप्सेमा ९२ कारेड ६ लाख ८६ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ४८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६५ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि आज शिवम सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।
आज सर्वाधिक शिवम् सिमेन्ट्सको ४ करोड ९२ लाख रुपैयाँ माथिको कारोबा भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ९६ लाख, नबिल बैंकको २ करोड ९४ लाख, हिमालयन डिष्टिलरीको २ करोड ३८ लाख र एनआइसी एशिया बैंकको २ करोड १३ लाख रपैयाँमाथिको कारोबार भएको छ ।
आज सामलिङ पावरको सेयर मूल्य सवैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, खप्तड लघुवित्त, सानिमा ग्रोथ फण्ड, आदर्श लघुवित्त, लक्ष्मी लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।