काठमाडौँ – यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको मूल्य आज नेपाली बजारमा स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबबेच भएको थियो।
बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ। चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो।
Facebook Comments Box