काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प रुपन्देहीका प्रहरी सहायक हवल्दार नगेन्द्र सेनविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता भोला दाहालले सेवाग्राहीसँग ट्याक्टरमा माटो ओसारपसार गर्ने क्रममा २० हजार घुस माग गरेको उजुरी निवेदनका आधारमा आयोगको टोलीले प्रहरी हवल्दार सेनलाई घुस लिइसकेको अवस्थामा चैत्र २१ गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा प्रहरी सहायक हवल्दार सेनले २० हजार घुस लिएको पुष्टि हुन आएकाले आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिए। अख्तियारले सेनविरूद्ध २० हजार विगोसहित जरिवाना सजाय माग गरेको छ।
Facebook Comments Box