महेन्द्रनगर – कञ्चनपुरमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
भीमदत्त नगरपालिका–१८ की ७३ वर्षीया महिलाको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
ती महिलाको सेती अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा मृत्यु भएको थियो।
मुटुको बिरामी समेत रहेकी महिलामा चैत २६ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।
पछिल्लो केही साता यता कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै गएको र ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए।
Facebook Comments Box