काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनले भेट गरेका छन् ।
मङ्गलवार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ ।
राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको जनाइएको छ ।
Facebook Comments Box