काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन् ।
राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी तोकिएको जनाएको छ । यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका थिए ।
Facebook Comments Box