काठमाडौँ – निर्वाचन आयोगले बारामा मतदान ढिलो सुरु गर्ने निर्णय खारेज गरेको छ।
सर्वदलीय बैठक बसेर मतदान ढिलो सुरु गर्ने निर्णय आयोगले खारेज गरिदिएको हो ।
आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ।
उक्त निर्वाचन कानुनअनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सक्ने व्यवस्था छ।
तर बारा-२ देवताल गाउँपालिका-२ स्थित रहेको सिँचाइ अफिस कल्याणपुर मतदान स्थलको मतदान केन्द्र (क) र (ख)मा मतदान अधिकृत सहितको सर्वदलीय-सर्वपक्षीय बैठकले मतदान समय बढाउने निर्णयलाई आयोगले खारेज गरिदिएको हो।
उक्त बैठकले बिहान १० बजेदेखि सुरु गरी राति ८ बजेसम्म गर्ने निर्णय गरेको थियो।
Facebook Comments Box