बाजुरा — बाजुराको त्रिवेणी नगरपालिका ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा फरार सुचिमा रहेका काँग्रेस बाजुराका पुर्वसचिव रङ्गसिं अयडी परराष्ट्र मन्त्री एनपी साउदको बधाइ कार्यक्रममा सहभागि भएको फोटो सार्वजनिक भएको छ ।
प्रहरीको फरार सूचिमा रहेका अयडी भर्खरै नियुक्ति भएका नेपाली काँग्रेसका नेता तथा परराष्ट्र मन्त्री एनपी साउदलाई बधाइ दिने क्रममा काठमाडौको एक कार्यक्रममा उनको फोटो सार्वजनिक भएको हो ।
फरार सुचिमा रहेका अयडीको फोटो सार्वजनिक भएपनि प्रहरीले भने उनलाई अहिलेसम्म प्रक्राउ गर्न नसकेको चेतनका आफन्तले बताएका छन् । फोटो सार्वजनिक हुने बित्तिकै उनी काठमाडौमा लुकेर बसेको प्रहरीलाइ खबर भएपनि प्रहरीले भने प्रक्राउ गर्न आनाकानी गरिरहेको चेतन अयडीका बुवा गगन अयडिले सञ्चारमाध्यमलाई बताएका छन् ।
चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका ९ जनालाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको छ । किटानी जाहेरी परेका २४ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालत पेश गरेको थियो । २४ जना मध्ये ९ जना मात्र प्रक्राउ गरेको बाँकि १५ जना फरार रहेको प्रहरीले जनाएको छ ।
मंसिर ४ गते भएको संघ र प्रदेशको चुनावको दिनमा काँग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानिय सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिवको छातिमा गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो । सञ्जिवको मृत्यु पछि चेतनको घरमा पुगेर चेतनलाइ कुटपिट गरि हत्या गरिएको थियो