काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले काँग्रेस सच्चिनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै वैशाख १० को उपनिर्वाचन परिणामले काँग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश दिएको बताए।
उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ १ र चितवन २ मा पार्टीबाट काँग्रेसले उम्मेदवार उठाए पनि पराजित भएका छन् । बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए।
मंसिरमा जितेको तनहुँ १ पनि वैशाखको उपचुनावमा काँग्रेसले एक सिट गुमाएको छ ।
Facebook Comments Box