छत्तीसगढः बुधबार भारत छत्तीसगढ राज्यको दन्तेवाडा जिल्लामा विद्रोही माओवादी (नक्सली) समूहले प्रहरीको गाडीमा भयानक बिष्फोट गराएका छन्।
उक्त हमलामा ११ जना प्रहरीको मृत्यु भएको छ। अरनपुर थाना क्षेत्रको अरनपुर–सामेली बीचको सडकमा माओवादीले बिस्फोट गराएका हुन। सडकमा गहिरो खाडल परेको छ।
डिस्ट्रिक्ट रिजर्ब गार्डका सुरक्षाकर्मी माथि माओवादीले भयानक हमला गरेका हुन। मृत्यु हुनेमा गाडीका चालक पनि छन्।
उक्त टोली वर्षामा फसेका सुरक्षाकर्मीलाई उद्धार गर्न गएको थियो। माओवादीहरुले प्रहरीको गाडीमा आईईडी विष्फोट गराएका थिए। समाचार एजेन्सीका अनुसार ५० केजी बिस्फोटक पदार्थ प्रयोग गरी गाडी ध्वस्त पारिएको छ।
दन्तेवाडा जिल्लाको अरनपुर प्रहरी चौकी क्षेत्र अन्तर्गत अरनपुर–सामेली बीचमा आक्रमण भएको हो। स्रोतका अनुसार त्यसक्रममा प्रहरी र माओवादीबीच भिडन्त भएको थियो।
माओवादीहरुले गाडीमा बम प्रहार समेत गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले छत्तीसगढ प्रहरीमाथि भएको आक्रमणको निन्दा गरेका छन्।