काठमाडौँ – एसीसी प्रिमियर लिगको अन्तिम खेलमा नेपालले कतारविरुद्ध १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए ।
दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११र११ रन बनाए ।
अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात् नेपाल सम्मानजनक योगफलसम्म पुग्यो ।
कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३र३ तथा गयान मुनवारा २ विकेट लिए ।
Facebook Comments Box