काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुन निर्माणसहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा गरेको ठूलो फड्को मारेको भन्दै उनले विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकाङ्क्षा रहेको बताए ।
उनले डाक्टर र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीप, अस्पताल र स्वास्थ्य सुविधालाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताए ।
नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग मित्रवत् र असल छिमेकी सम्बन्धको विशेषता भएको उल्लेख गरेका छन् ।