धनगढीः कैलालीमा लागुऔषध खैरोहिरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेको बताए।
उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै धनगढीमा पनि लागुऔषाध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय राज पार्कीलाई ५ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पार्कीलाई पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।