कैलाली: कैलालीको स्याउलेमा सडक अवरुद्ध गरिएको छ । धुलो धुवा नियन्त्रणको माग गर्दै धनगढी-दिपायल फास्ट ट्रयाक अन्तर्गतको सडक शुक्रवार बिहानदेखि स्थानीयले अवरुद्ध गरेका हुन्।
सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेभी निर्माण कम्पनीले धुलोधुवाँ नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै अवरुद्ध गरेको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताए।
उनले धुलाम्मे सडकले आसपासका नागरिकको स्वास्थ्य अवस्था निकै जोखिममा पार्नुका साथै स्याउले बजारको व्यवसाय नै धरापमा परेको बताए। स्थानीयले पक्की हुन लागेको सडकमा निरन्तर पानी हाल्नुपर्ने माग गरेका छन्।
Facebook Comments Box