बैतडी -बैतडीको डिलाशैनी गाउँपालिका वडा नं.१ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । बुधबार एक कार्याक्रमका बिच वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ वडालाई पूर्ण खोपयुक्त वडा घोषण गरिएको छ । पूर्णखोपका लागि आवश्यक मापदण्ड पूरा भएकोले वडा नं १ लाई पूर्णखोपयुक्त वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बहादुर खातीले जानकारी दिए ।
वडाका सबै बालबालिकाले खोप पाएपछि सुनिश्चितता गरिएको उनले बताए । अहिले वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन लागिएको र वडा पछि पालिकालाई नै घोषणा गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक खातीले बताए ।
१५ महिनादेखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाइ लगाएको अवस्थामा पूर्ण खोपयुक्त घोषणा गरिन्छ ।