बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पालिकावासीका गुनासो सुन्न पैँसा नलाग्ने टोलफ्री नम्बर सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तका अनुसार टोलफ्री नम्बर १८१०५०००४२२ रहेको छ । यसमा कल गरेर नागरिकले गाउँपालिकाबाट प्रदान हुने सेवाका बारेमा जानकारी लिनुका साथै गुनासो समेत टिप्न सक्नेछन् ।
यस्तै, गाउँपालिकाले अडियो नोटिस बोर्ड सेवा पनि सुरु गरेको छ । १६१८०७०७०९५०३ नम्बर डायल गरी अडियो नोटिस बोर्ड सेवा सुन्न सकिनेछ ।
Facebook Comments Box